१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १८ बुधबार १o:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बर उपलब्ध गराउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार १o:३o:oo

एनसेलले अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिम वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्को नम्बर वितरण गर्न अनुमति प्रदान गरेको थियो । यसअघि प्राधिकरणबाट ९८०, ९८१, ९८२, ९७० मार्फतसेवा प्रदान गर्न अनुमति पाएको एनसेलले ती नम्बर अपुग भएसँगै नयाँ नम्बर रेन्ज प्रदान गर्न लागेको हो ।

यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजनाको नियमअनुरूप जारी भएको बताइएको छ । साथै, एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैरसरकारी संस्था, कार्यालय, बैंक तथा वित्तीय संस्थालाई यो नयाँ नम्बर रेन्जलाई हाल सञ्चालनमा रहेका अन्य रेन्जसरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट–अपडेट गर्न अनुरोध गरेको छ ।