१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
२o८२ असार १४ शनिबार १८:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धनुषाको बटेश्वरमा दुईदिने आँप मेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १८:२५:oo

धनुषाको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा दुई दिवसीय आँप मेला आजदेखी सुरु भएको छ । बटेश्वरको चित्रपुरमा उत्पादित आँपलाई प्रवर्द्धन, बाजारिकरण तथा पर्यटन क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले असार १४ देखि १५ गतेसम्म आँप मेला आयोजन गरिएको हो ।

मुख्य रुपमा आँपखेती गर्ने भएकोले नै मेला आयोजना गरि आँपको प्रवर्द्धनमा जुटेको छ । तीन सयविघा भन्दा बढी क्षेत्रफलमा आँप खेती छ । 

चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा “चित्रपुर आँप मेला महोत्सव – २०८२“ आँपका विभिन्न प्रकारका अचार, अमोट, आमिल, जुस प्रदर्शनमा लागेको स्थानीयले बताएका छन् ।

मेला घुम्न आउने पर्यटकलाई नि:शुल्क आँप खुवाउने, बगैंचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने र विद्यार्थालाई विभिन्न जातका आँप चिनाउनेदेखि मनोरञ्जनको लागि झुला लगाईएको र बालबालिका रमाईलो गरिरहेको पत्रकार शैलेन्द्र क्रान्तिले बताए । 

आँप पकेट क्षेत्र बटेश्वर गाउँपालिकाको चित्रपुर पूर्व पश्चिम राजमार्गको धनुषाको मिथिला नगरपालिका स्थित ढल्केबर र जमुनिबासबाट नजिकै मात्र ४ किलोमिटरको दुरीमा रहेको भन्दै सोही गाउँमा घर भएका पत्रकार क्रान्तिले चित्रपुर मधेशमै धेरै आँप उत्पादन हुने क्षेत्रको रूपमा चिनिएको बताए ।