१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
Invalid date format १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३४:oo

गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–७, वाग्लाका ४० वर्षीय झवीन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिएका छन्। 

धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको राष्ट्रिय प्रसारणलाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपराह्न मृत्यु भएको प्रहरी नायब उपरीक्षक सारूले बताए। 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताए। 

‘उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन, उहाँ किन पोलमा चढ्नुभयो जानकारी छैन,’ उनले भने ।