१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बैंक ग्यारेन्टी बुझाएर रिहा भए माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o७:oo

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल बिशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी  राखेर रिहा भएका छन्। ३५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी राखेर उनी रिहा भएको बिशेष अदालतले जनाएको छ । ग्लोबल आइएमई बैंकमार्फत बैंक ग्यारेन्टी राखेका हुन्। 

पतञ्जली योगपिठको जग्गा बिक्रिसम्बन्धि भ्रष्टाचार मुद्दामा उनीविरुद्ध १८ करोड ५८  बिगो कायम गरी गत २२ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । जून मुद्दामा उनी बुधबार बिशेष अदालतमा उपस्थित भएका थिए । राति अबेरसम्म चलेको थुनछेक बहसपछि आदेश आएको हो । 

पतञ्जली प्रकरणमा नेता नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अन्य प्रतिवादीहरु अदालतमा उपस्थित भएका छैनन् । २०६६ सालमा नेता नेपाल प्रधानमन्त्री हुँदा नियम मिचेर पतञ्जलीलाई हदबन्दी छुटको जग्गा बिक्रि गर्न दिइएको अख्तियारको अभियोग छ ।