१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ११ बुधबार २१:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार २१:२४:oo

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। पतञ्जली योगपीठको जग्गा बिक्रीसम्बन्धी भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थिति भएका उनीसँग धरौटी माग भएको हो। धरौटी बुझाउन नसके उनी जेल चलान हुनेछन्। बैंक ग्यारेन्टी बुझाएर उनी रिहा हुने तयारीमा छन्। 

विशेष अदालतका न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार बेलुका साढे ९ बजे थुनछेक आदेश सुनाएको हो। 

गत २२ जेठमा नेता नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। अख्तियारले उनीसँग १८ करोड ५८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो। २०६६ सालमा नेता नेपाल प्रधानमन्त्री हुँदा नियम मिचेर पतञ्जलीलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न दिइएको अख्तियारको अभियोग छ।