१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
प्रकाश पौडेल बर्दिया
Invalid date format १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध अफिमसहित बर्दियाबाट दुई भारतीय पक्राउ

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
Invalid date format १८:४२:oo

बर्दियामा लागुऔषध अफिमसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। अफिमसहित भारत लखिमपुर थाना तिकुनियाका ३६ वर्षीय गुरुपाल सिंह र भारत जिल्ला निगोरी साजानपुरका २८ वर्षीय अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरू राजापुर नगरपालिका–४, भन्सार चोकबाट ३ ग्राम ३ सय मिलिग्राम अफिमसहित पक्राउ परेका हुन्।

बुधबार बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय राजापुरमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले जानकारी दिए।