१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
रासस सिड्नी
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पत्रकारलाई गलत तरिकाले बर्खास्त गर्ने मिडियालाई ४५ हजार अमेरिकी डलर जरिवाना

Read Time : < 1 मिनेट
रासस, सिड्नी
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

इजरायल–गाजा द्वन्द्वसँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै अस्ट्रेलियाको सार्वजनिक प्रसारक एबिसीले एक रेडियो पत्रकारलाई गैरकानुनी रूपमा बर्खास्त गरेको यहाँको एक अदालतले ठहर गरेको छ।

अदालतले गैरकानुनी रूपमा बर्खास्त गरेको भन्दै एबिसीले एन्टोनेट लाट्टोफलाई क्षतिपूर्तिस्वरूप ७० हजार अस्ट्रेलियाली डलर (४५ हजार अमेरिकी डलर) तिर्नुपर्ने फैसला सुनाएको छ। फैसलापछि एबिसीले गल्तीका लागि सार्वजनिक रूपमा आत्मालोचना गर्दै माफी मागेको छ।

संघीय अदालतका न्यायाधीश डेरिल रङ्गियाहले आफ्नो फैसलामा भनेका छन्, ‘गाजामा इजरायली सैन्य अभियानको विरोधमा उहाँले राजनीतिक विचार राखेकोलगायतका कारण देखाउँदै प्रसारणकर्ताले उहाँलाई बर्खास्त गरेर रोजगार कानुन तोडेको अदालतको ठहर छ।’

लाट्टोफले एबिसीसँग पाँचदिने अनौपचारिक सम्झौता गरेको तीन दिनपछि सन् २०२३ को डिसेम्बरमा कानुनी कारबाही अघि बढाउँदै बर्खास्त गर्ने निर्णय एबिसीले गरेको थियो।  उनले गाजा द्वन्द्वबारे ह्युमन राइट्स वाचको भिडियो रिपोर्ट इन्स्टाग्राममा पुनः पोस्ट गर्दै लेखेकी थिइन्, ‘एचआरडब्लूले भोकमरीलाई युद्धको औजारको रूपमा प्रयोग गरेको छ।’

एबिसीको उच्च व्यवस्थापनले उक्त पोस्टलाई लिएर जनाएको प्रतिक्रियामा पोस्ट ‘आतंकको अवस्था’मा परिणत भएको र एक घण्टाभित्रै उनलाई प्रसारण हटाउन भनिएको सुनुवाइका क्रममा वादीका तर्फबाट जिकिर गरिएको न्यायाधीश रङ्गियाहले बताएका छन्।

एबिसीका प्रबन्ध निर्देशक हग मार्क्सले भने, ‘सम्प्रेषित सन्देश हटाउने निर्णयलाई लिएर लाट्टोफलाई कसरी हेरियो र संकटले उहाँलाई कसरी प्रभावित बनायो, यो सोचनीय कुरा हो। यसमा हामीबाट केही गल्ती भएको भए हामी त्यस घटनाप्रति खेद प्रकट गर्दछौँ।’

‘यो स्पष्ट छ कि यो मुद्दा हाम्रो मूल्य, मान्यता र अपेक्षाअनुसार व्यवस्थापन गरिएको छैन,’ उनले थपे, ‘हामीले हाम्रा कर्मचारी र दर्शकहरूलाई पनि निराश पारेका छौँ र यो असफलताले जनता र संगठनभित्र चिन्ता पैदा गरेको छ।’