१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १० मंगलबार १७:२८:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

स्कटल्यान्डमा पहिलोपटक नेपाली मेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १७:२८:oo

स्कटल्यान्डको राजधानी एडिन्बरामा पहिलोपटक नेपाली मेला सम्पन्न भएको छ। विविधता रहेको नेपाली भाषा, संस्कृतिको प्रवर्द्धन तथा नयाँ पुस्तामा आकर्षण जगाउने उद्देश्यले मेलाको आयोजना गरिएको बताइएको छ।

स्कटल्यान्डका विभिन्न ठाउँमा रहेका नेपालीहरूलाई एकैठाउँमा भेला भएर सम्बन्ध तथा कला संस्कृतिको विस्तारका लागि बेलायतस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्यान्डले सोमबार सो कार्यक्रम आयोजना गरेका हुन्। सोही कार्यक्रमस्थलमा नेपाली समुदायलाई दूतावासले राहदानी तथा कन्सुलर सेवासमेत उपलब्ध गराएको थियो।

कार्यक्रममा स्कटल्यान्डमा बस्दै आएका नेपालका नेवार, मगर, गुरुङ, शेर्पालगायत विभिन्न जातजातिका मानिसहरूले आफ्नो पहिचान झल्किने पोसाकका साथै झाँकी र बाजागाजा प्रस्तुत गरेका थिए। कार्यक्रम हेर्न एडिम्बराको प्रिस्ट स्ट्रिट वेस्ट गार्डेन पुगेका विष्णु शर्माले नेपाली मेला रमाइलो भएको बताए।

कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत, दूतावासका कर्मचारी तथा स्कटल्यान्डका सरकारी निकायका उच्च कर्मचारीहरूको समेत उपस्थिति रहेको आयोजकले जनाएको छ। बेलायतस्थित नेपाली राजदुत चन्द्रकुमार घिमिरेले नेपाली मेलाले नेपालका विविधता भएको कला संस्कृति फैलाउन सकिएको बताए। 

कार्यक्रममा नेपालबाट धीरज राई, सुनीता दुलाल र भूमिका साहलगायतका कलाकारसमेत सहभागी भएर मनोरञ्जन गराएका थिए। कार्यक्रमकी प्रमुख अतिथि स्कटल्यान्डका कानुनमन्त्री स्यार्ली आनले नेपालको सांस्कृतिक विविधता रहेको भन्दै यसको प्रशंसा गरिन्। उनले आगामी दिनमा कला संस्कृतिको विकासका लागि नेपाली मेला अझै भव्य हुँदै जाने विश्वास व्यक्त गरिन्।

एनआरएनए स्कटल्यान्डका अध्यक्ष दिवाकर पाण्डेले नेपाली मेलाले दुवै देशको संस्कृति बुझाउन, विस्तार गर्न महत्त्वपूर्ण भूमिका रहेको बताए। बेलायतको स्कटल्यान्डमा मात्र नेपालीहरू आठ हजारको हाराहारीमा रहेको पाण्डेले बताए। यस वर्ष सुरु गरेको मेला आगामी वर्ष सुधार र विस्तार गर्दै लैजाने उनले बताए।