१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १० मंगलबार o७:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चितवनले गर्‍यो कुशलसहित ६ खेलाडीलाई रिटेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार o७:२७:oo

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि अलराउन्डर कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरेको छ । चितवनले कुशललाई पुनः मार्की खेलाडीका रूपमा रिटेन गरेको जनाएको छ ।

पहिलो संस्करणमा चितवन प्लेअफसम्म पुगेको थियो । चितवनले कुशलसहित रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको हो ।

दोस्रो संस्करणको अक्सन हुनुअघि फ्रेन्चाइज टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका छन् । यसअघि सुदूरपश्चिम रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको थियो ।

चितवनले अघिल्लो सिजन टोलीमा रहेका विपिन रावल, दीपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की र शरद भेसवाकरलाई रिलिज गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो सिजन आगामी अगस्टमा गर्ने तयारी गरेको छ ।

चितवनले स्थिर र प्रतिभावान् टोली संरचनासँगै थप सुदृढीकरण योजनासहित एनपिएलको दोस्रो सिजनमा रोमाञ्चक र प्रतिस्पर्धात्मक प्रदर्शनका लागि तयार अवस्थामा रहेको जनाएको छ ।