१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार २२:३८:oo
Read Time : < 1 मिनेट
समाचार

पहिरोले दोरम्बामा एक घरमा क्षति, चार घर उच्च जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार २२:३८:oo

आइतबार राति परेको अविरल वर्षाका कारण दोरम्बा शैलुङ गाउँपालिका– ३ टोकरपुरस्थित चिहानखोलानजिकै पहिरो जाँदा एक घरमा क्षति पुगेको छ । चार घर उच्च जोखिममा परेका छन् ।

पहिरोले स्थानीय झगरसिंह बसेलको ढुंगामाटोले बनेको कच्ची घरमा पूर्ण रूपमा क्षति पुगेको छ । चेली बसेलको चौपाया बाँध्ने गोठ पहिरोले पुरिँदा एक गाई र बाच्छो मरेको छ । सो स्थानमा १२ घरधुरीको बसोवास छ । जसमध्ये हरिकृष्ण बसेल, बुद्धिमान बसेल र चिना बसेलको घर उच्च जोखिममा रहेकाले तत्काल अन्यत्र सार्नुपर्ने अवस्था रहेको दोरम्बा शैलुङ गाउँपालिका– ३ टोकरपुरका वडाध्यक्ष सन्तलाल थापामगरले जानकारी दिए ।

खोलानजिकै रहेको बस्तीको घरमाथिबाट झरेको पहिरोबाट बस्ती जोखिममा परेपछि तत्काल गाउँपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय टोकरपुरबाट प्रहरीसहितको टोली उद्धारका लागि सोमबार बिहानै घटनास्थल पुगेको थियो । पहिरोको उच्च जोखिममा रहेका घरका सदस्यहरूलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल गर्न विपत् व्यवस्थापन समितिको बैठक डाकिएको गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले जानकारी दिइन् । गत वर्षको भदौमा पनि अत्यधिक मात्रामा वर्षा हुँदा सोही वडाको लेखर्कमा पहिरोमा परी १० जनाको ज्यान गएको थियो ।