१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौं ।
Invalid date format १३:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कप्तान विपिन र प्रसिद्ध चम्किँदा नेपालको सानदार सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं ।
नयाँ पत्रिका
Invalid date format १३:o१:oo

कप्तान विपिन शर्मा र ब्याटर प्रसिद्ध जैसी चम्किएपछि साबिक विजेता नेपालले एसिसी यू–१६ इस्ट जोन कपमा सानदार विजयी सुरुवात गरेको छ । 

मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भयो । नेपालको जितमा कप्तान विपिनले चार विकेट लिँदा प्रसिद्धले ५५ रन बनाएका थिए । 

टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदा १३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले  ३३.३ ओभरमा चार विकेट गुमाउँदै पहिलो जित निकालेको हो । 

नेपालको विजयी सुरुवातमा ओपनिङ ब्याटर प्रसिद्ध जैसीले ९७ बलमा पाँच चौकासहित अविजित ५५ रनको योगदान गरे । यसैगरी रौनक श्रीवास्तवले ४० रन बनाए । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

सिंगापुरका लागि आकाश तेजाले तीन तथा युभान पाण्डेले एक विकेट लिएका थिए । 

सिंगापुरका लागि कप्तान रियान नाइकले ५३ बलमा नाै चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरेका थिए । यसैगरी आहन वुथान्डमले ३८, प्रणन इशान मेदुरीले १२ र रोहन अस्टिन अरुणले ११ रन बनाए । 

नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले चार विकेट हात पारे । १० ओभर पूरा बलिङ गरेका विपिनले एक मेडन राख्दै ३४ रन खर्चिए । सचिन भट्टले तीन तथा अभय यादव र सुभम खनालले समान एक विकेट लिएका थिए ।

अब, नेपालले मंगलबार जापानसँग दोस्रो खेल खेल्नेछ । 

समूह ‘ए’मा रहेको नेपालले लगातार प्रतियोगिता जित्ने योजनामा छ । सन् २०२३ मा भएको प्रतियोगितामा घरेलु टोली मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।