१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ७ शनिबार o९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाको महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झा मनोनित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार o९:१९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कुबिन्द्र बुर्लाकोटी मनोनित भएका छन् । शनिबार विहान बसेको केन्द्रीय समिति बैठकले कार्यवाहकको जिम्मेवारीमा रहेका सहमहामन्त्री बुर्लाकोटीलाई महामन्त्री मनोनित गरेको हो। यसअघिका महामन्त्री मुकुल ढकाल पार्टीबाट निष्कासनमा परिसकेपछि बुर्लाकोटीले कार्यबाहक जिम्मेवारी सम्हाल्दै आएका थिए । 

यसैगरी केन्द्रीय समिति बैठकले पार्टीको प्रवक्तामा मनिष झालाई मनोनित गरेको छ । यसअघि कार्यवाहकको जिम्मेवारीमा रहेका सह प्रवक्ता झालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघि पूर्वमहामन्त्री ढकाल नै प्रवक्ताको जिम्मेवारीमा पनि थिए । तेस्रो स्थापना दिवसको अवसरमा बसेको केन्द्रीय समितिले रिक्त महामन्त्री र प्रवक्ताको जिम्मेवारी तोकेको हो ।