१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद

भारतीय क्रिकेटमा ‘गिल युग’को सुखद सुरुवात 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:४७:oo

विराट कोहली, रोहित शर्मा जस्ता अनुभवी खेलाडीले टेष्ट क्रिकेटबाट बिदा लिएपछि भारतको नयाँ क्रिकेट टिम बन्ला भन्ने चासो र चिन्ताबिच कप्तान बनेका शुभमन गिलले सुखद सुरुवात गरेका छन्। शुक्रबारदेखि इंल्याण्डमा सुरु भएको टेष्ट सिरिजमा गिलको कप्तानीमा भारतले सानदार ब्याटीङ प्रदर्शन गरेको छ। 

टस हारेर पहिला ब्याटीङ गरेको भारतका लागि पहिलो दिनमै दुई खेलाडीले शतक प्रहार गरे। कप्तान गिल १२७ रनमा नटआउट छन् भने ओपनर यशस्वी जैसवालले १०१ रन बनाए। त्यस्तै, विकेटकिपर रिसभ पन्त ६५ रनमा नटआउट हुँदा पहिलो दिनको खेल सकिदा भारत ३ विकेट गुमाएर ३५९ रनको बलियो स्थितीमा छ ।

पहिलो दिनको खेलबाटै भारतका नयाँ कप्तान गिलको कप्तानी  र ब्याटीङको प्रशंसा भइरहेको छ । उनले ७२.५७ को उच्च स्ट्राइक रेटमा १२७ रन बनाएर खेलिरहेका छन्।