
त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाललाई नेदरल्यान्ड्सले १५३ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर पहिले बलिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १५२ रनमा रोकेको हो।
नेपालका लागि सन्दीप लामिछानेले ३, नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १/१ विकेट लिए।
डेब्यु गरेका बलर रूपेश सिंहले ३ ओभरमा ३१ रन दिएकोमा विकेट लिन सकेनन्।
नेदरल्यान्ड्सका लागि तेजा निदामनरूले ३५, बिक्रमजित सिंहले ३० तथा सकिब जुल्फिकरले अविजित २५ रनको योगदान दिए।