
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेल तेस्रो सुपरओभरमा पुगेर टुंगिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेल तेस्रो सुभर ओभरमा पुगेको हो । तेस्रो सुपरओभरमा नेपाल पराजित बनेको छ ।
२० ओभरमा नियमित खेल बराबरी भएर पनि त्यसपछिका दुई सुपर ओभर पनि बराबरी भएको थियो ।
नियमित खेलमा दुवैले १५२ रन बनाएका थिए। पहिलो सुपर ओभरमा १९ तथा दोस्रोमा दुवै टिमले १७ रन बनाएका थिए।
तेस्रो सुपरओभरमा नेपालले एक रन पनि नबनाई दुई विकेट गुमाएपछि नेदरल्याड्सले १ रनको लक्ष्य पाएको थियो । पहिलो बलमै छक्का हानेर नेदरल्याड्सले खेल जितेको हो ।