१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडा स्वास्थ्य प्रवर्द्धन केन्द्र आफ्नै भवनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३४:oo

काठमाडौं महानगरपालिका वडा नम्बर १७ को स्वास्थ्य प्रवद्र्धन केन्द्रले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । केन्द्रको नवनिर्मित भवनको आइतबार उद्घाटन भएको हो । महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले आइतबार भवन उद्घाटन गरेका हुन् । भवन ‘स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा भवन निर्माण तथा सामुदायिक पुस्तकालय उपभोक्ता समिति’ले निर्माण गरेको हो ।

प्रवक्ता मानन्धरले जनप्रतिनिधिको सेवाप्रति समान दृष्टि रहेको, यस दृष्टिलाई स्थानीयवासीले अपनत्व ग्रहण गरेको र साझेदारबिच नजिक समन्वय भएकाले भवन निर्माण सम्भव भएको उल्लेख गरे । उनले विकासमा स्थानीयवासीको सहभागिता अपरिहार्य हुने धारणा पनि राखे ।

मानन्धरले भने, ‘जीवनभर कमाएको पैसाले उपचार गर्दा पनि निको बनाउन नसकिने अवस्था आउन दिनुहुँदैन । यसका लागि स्वास्थ्यप्रति सचेत भएर निदानात्मक उपाय अवलम्बन गर्नुपर्छ । यो स्वास्थ्य शिक्षा क्षेत्रको कार्यक्रम हो । सावधानी अपनाउँदा–अपनाउँदै उपचारमा जानुपर्ने अवस्थामा सहज, सरल र सुपथ सेवा प्राप्त गर्नुपर्छ । यी दुवै लक्ष्य प्राप्त गर्ने क्रियाकलाप केन्द्रबाट सञ्चालन हुनेछन् ।’