१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
२o८२ असार २ सोमबार १९:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद

गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट : स्याङ्जा फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २ सोमबार १९:५५:oo

पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्याङ्जा जिल्ला प्रवेश गरेको छ। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा जारी प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा रहेको स्याङ्जा लिग चरणको खेलमा समूह विजेता बन्दै अन्तिम दुईमा स्थान बनाउन सफल भएको हो।

लिग चरणको तीन खेलमध्ये तीनै खेलमा जित हात पारेको स्याङ्जाले सोमबार सम्पन्न खेलमा तनहुँलाई २९ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। खेलमा टस जितेर ब्याटिङ रोजेको  स्याङ्जाले २० ओभर खेल्दै ८ विकेट गुमाएर १८८ रनको योगफल तयार गरेको थियो। १८९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको तनहुँ १९.३ ओभर खेल्दै १० विकेट गुमाएर १५९ रनमा सीमित हुन पुगेको थियो।

स्याङ्जाको जितमा कप्तान सन्दीप क्षेत्रीले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै टोलीका लागि ९९ रनको योगदान गरेका थिए । म्यान अफ द म्याचसमेत रहेका उनी क्याच आउट भए । अंकित न्यौपानेले १८ बलमा ३७, ईश्वर क्षेत्रीले २१ बलमा २९ रन बनाएका थिए ।

तनहुँका लागि बंश क्षेत्रीले ४५ बलमा ६ चौका प्रहार गर्दै टोलीका लागि सर्वाधिक ५६, समीर कंडेलले २९ बलमा ४०, ओपनर दिपेश अधिकारीले १३, सौरभ कुशुवाहले ११, नरेश शाहीले ११ रन बनाएका थिए । 

खेलमा स्याङ्जाका अंकित न्यौपानेले ४ ओभर खेल्दै ३३ रन खर्चिएर ४ विकेट हात पार्दा करण पंगेनीले ३ र सन्दीप खत्री क्षेत्रीले १ विकेट हात पारे । तनहुँका चन्द्रकान्त पौडेलले २, नरेश शाहीले २, कृष ऐयर र प्रदीप यादवले समान एक–एक विकेट लिएका थिए ।

यसै गरि दोस्रो खेलमा बागलुङले सान्त्वना जित हात पर्ने क्रममा म्याग्दीलाई ८ विकेटले पराजित गरेको थियो । वर्षाका कारण १० ओभरमा खेलाईएको खेलमा टस जितेर ब्याटिङ रोजेको म्याग्दीले १० ओभरमा ३ विकेट गुमाउँदै ६४ रनमा सिमित भएको थियो । ६५ रनको सामान्य लक्ष्य पाएको बागलुङ जवाफी ब्याटिङका लागि मैदान उत्रेसँगै ५.३ ओभरमै २ विकेट गुमाएर ६८ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।

खेलमा म्याग्दीका लागि दिनेश क्षेत्रीले १८ बलमा १८, सागर कटुवालले १५, रोशन कार्कीले १३ रन बनाएका थिए । बागलुङका लागि प्लेयर अफ द म्याच समेत रहेका सचिनराज अधिकारीले ११ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाउँदा सन्दीप यादव २० रनमा अविजित रहे ।

बागलुङका आश्विन थापा र कुशल खड्कासँगै म्याग्दीका रोशन कार्की र हरि सुवेदीले समान १÷१ विकेट हात पारेका थिए ।

शनिबारदेखि सुरु प्रतियोगितामा सोममबारसम्म आईपुग्दा समूह ‘ए’ का खेलहरू सकिएसँगै मंगलबारबाट समुह ‘बी’ का खेल सुरु हुने प्रतियोगिताका संयोजक ऋषिराम गौतमले जानकारी दिए ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा प्रदेशका ११ मध्येआठ जिल्ला सहभागी छन् । सहभागी टोलीमध्ये समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी छन भने समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा छन् ।

मंगलबार पहिलो खेलमा कास्की र पर्वत आमने सामने हुँदा दोस्रो खेलमा नवलपुर र गोरखा भिड्ने छन् । 

प्रतियोगिताको उपाधि विजेताले एक लाख, उपविजेताले ५० हजार नगद साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउँछन् । उत्कृष्ट खेलाडीले चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीले जनही दुई हजारसहित ट्रफी र हरेक खेलको ‘प्लेयर अफ द म्याच’ले एक हजार नगद र ट्रफी प्राप्त गर्ने गौतमले जानकारी दिए ।