
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरूका प्रमुख सुरक्षा अधिकृत (पिएसओ) तानिएका छन् । बिहीबार दिउँसो न्यायाधीश खुशी थारूमाथि नेकपा बहुमतका नेताहरूबाट मोसो प्रहार भएपछि १३ जना न्यायाधीशहरूका पिएसओ फेरिएका हुन् ।
यस्तै, अदालतको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकको कमान्डको १० जनाको प्रहरी टोली पनि तानिएको छ । पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले न्यायाधीशहरूका १३ जना पिएसओ र सुरक्षामा खटिएका १० जना प्रहरी फिर्ता बोलाइएको बताए ।
प्रहरी नायब उपरीक्षक लम्सालले फिर्ता बोलाइएका न्यायाधीशहरूका नयाँ पिएसओ पठाइएको र अदालतको सुरक्षामा १० जना खट्दै आएकोमा अब १५ जना नयाँ प्रहरी पठाइएको बताए ।