१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
लुम्बिनीका राहुल थारू
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ३० शुक्रबार o९:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१५औँ राष्ट्रपति रनिङ सिल्ड : लुम्बिनीका राहुलले तोडे ज्याभ्लिन थ्रोमा २७ वर्षअघिको रेकर्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार o९:४५:oo
  • दशरथ रंगशालामा बिहीबार छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनीका राहुल थारूले २७ वर्षअघि धीरेन्द्रजंग शाहको नाममा रहेको रेकर्ड तोडे । राहुलले ५७.४० मिटर थ्रो गरेका थिए । यसअघि धीरेन्द्रजंगले ५५.५० मिटरको रेकर्ड राखेका थिए । 

१५औँं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको बिहीबार दोस्रो एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । छात्र ज्याभ्लिन थ्रो, छात्रा आठ सय मिटर दौड, छात्राको चार गुणा चार सय मिटर रिलेमा रेकर्ड बनेका हुन् । यसअघि प्रतियोगिताको उद्घाटन दिनमा दुई राष्ट्रिय रेकर्ड बनेका थिए । समग्रमा अहिलेसम्म जुनियर एथलेटिक्समा खेलाडीले ६ वटा नयाँ रेकर्ड बनाउन सफल भए । पहिलो दिन प्रदेशका प्रवीण रानामगरले छात्र सय मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा चार सय मिटर दौडमा कीर्तिमान बनाएका थिए । दोस्रोे दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । शुक्रबार आठ स्वर्णको टुंगो लाग्नेछ ।

पहिलो दिन १० र दोस्रो दिन आठ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । दशरथ रंगशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनीका राहुल थारूले २७ वर्षअघिको कीर्तिमान भंग गरे । उनले ५७.४० मिटर थ्रो गर्दै ०५५ सालमा धीरेन्द्रजंग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान भंग गरेका हुन् । कर्णाली प्रदशेका सुशान्त नेपाली दोस्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेस्रो  भए । छात्रा आठ सय मिटर दौड दुई मिनेट १७.९ सेकेन्डका साथ गण्डकीकी नारायणी भण्डारीले कीर्तिमान बनाइन् । नारायणीले ०८१ सालमा सरिता खड्काले बनाएको दुई मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोडिन् ।

रिलेमा दुई वर्षमै रेकर्ड तोडियो
छात्र चार गुणा चार सय मिटर रिलेमा बागमतीका प्रवीण रानामगर, नीरज थारू, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जित्यो । सो टोलीले निर्धारित दूरी तीन मिनेट ३०.९ सेकेन्डमा पूरा गरेको थियो । यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरले ०८० सालमा तीन मिनेट ३१.० सेकेन्डको कीर्तिमान राखेका थिए । सोही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारू, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान स्थापित गरे । टोलीले निर्धारित दूरी तय गर्न चार मिनेट १२.८ सेकेन्ड समय खर्चेको थियो ।

०८१ को संस्करणमा चार मिनेट १७.२ सेकेन्डका साथ भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाले रेकर्ड बनाएका थिए । छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । पूजाले ३०.३२ मिटर थ्रो गरिन् । छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६.६९ मिटर जम्प गर्दै पहिलो भए । सुदूरपश्चिमका विवेक चौधरी दोस्रो तथा बागमतीका दीपेन्द्र गिरी तेस्रो भए । छात्रामा बागमतीकी अनिशा थारूले स्वर्ण जितिन् ।