१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३१ शनिबार o५:५२:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जेठ ३१ देखि असार ६ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार o५:५२:oo
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको जेठ ३१ गते शनिबारदेखि असार ६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलंकार प्राप्तिको योग छ । परिवारबाट केही वस्तु प्राप्तिको आशा जाग्नेछ । साहित्यकलाप्रति झुकाव रहनेछ । लेनदेनका कुरामा आफूलाई बढी लाभ हुनेछ । काममा धैर्यता र सबैको काममा सहयोगले इच्छित कार्य सिद्ध हुनेछ । सप्ताहान्तमा विभिन्न अवसर आए पनि स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोला । भेटघाटले खर्च बढाए पनि मिहिनेतको फल प्राप्त हुनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) रचनात्मक कार्यप्रति लगाव हुनेछ । लवाइखुवाइजस्ता सौखिन कार्यमा डटेर खर्च हुनेछ । नयाँ तथा शुभ समाचार सुन्न पाइनेछ । मित्रताका नयाँ गाँठाहरू कसिनेछन् । जीवनको रोचक कार्यका लागि प्रयासरत रहिनेछ । सकारात्मक सोचमा रमिनेछ । सप्ताहान्तमा अवसरले उत्साह जगाउनेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मान–सम्मान पनि पाइनेछ । दिगो फाइदा हुने काम सुरु होला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कमजोर पारिवारिक सम्बन्ध समस्याको कारण बन्नेछ । बनिसकेको काम अन्त्यमा गएर बिग्रनु चिन्ताको विषय बन्नेछ । आर्थिक कारोबारमा घाटा व्यहोरिएला । अशुभ समाचार सुन्नुपर्दा दुःख लाग्नेछ । सामाजिक सम्मानमा भने कुनै कमी आउनेछैन । सप्ताहान्तमा अनावश्यक रूपमा हौसिनाले हानि होला । उपहारका नाउँमा फजुल खर्चबाट सजग रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक कारोबार सफलसिद्ध हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । मनोरञ्जनतिर मन जानाले खर्च हुने योग रहेको छ । मनमा नयाँ स्थान घुम्ने उत्कण्ठा जाग्नेछ । विवादित विषय टुंगिनेछ । सफल कार्यका लागि परिवारको सहयोग वाञ्छित हुनेछ । इच्छित कार्यसिद्धि हुनेछ । पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त भए पनि तत्काललाई खर्चको मात्रा बढ्ने समय छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यका लागि ठुलो त्याग गर्नुपर्ने समय आएको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नु समयको माग रहेको छ । बहुमूल्य वस्तु गुम्ने खतरा एकातिर रहेको छ भने अर्कोतिर श्रम व्यर्थ जाने भय रहेको छ । मित्रतामा धोका हुने कुरालाई पनि नकार्न सकिन्न । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइपर्ला । सप्ताहान्तमा स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भनाइ र गराइमा सामन्जस्यता ल्याउनु जरुरी देखिएको छ । आत्मनिर्णय गर्दा चुकिने भएकाले अभिभावकको सहारा लिनु उत्तम होला । न्यायिक कार्यमा तपाईंंको जित अवश्य हुनेछ । लेनदेनका कुरामा आउन सक्ने समस्याबाट भने आफैँ जिम्मेवार हुनुपर्ला । बिहीबारदेखि रोकिएका काम बन्नुका साथै उत्साहित भइनेछ । लगनशीलताले गुमेको स्थान दिलाउला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विवादित कार्यमा संलग्न नभएकै राम्रो । अरूको कारण आफू विवादमा पर्न सकिनेछ, सावधान रहनुहोला । यात्रा फलदायी हुनेछ । दीर्घकालीन सोचका कार्यमा लगानी उपयुक्त हुनेछ । मित्रका सवाल पक्ष स्वीकार गर्दै अघि बढ्नु शुभ हुनेछ । सप्ताहान्तमा रमाइला क्षणको सहयात्री भइएला । तर, बोली–व्यवहारमा संयम नहुँदा घरायसी समस्या उपस्थित हुन सक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कमजोर स्वास्थ्य र सही विषय चयन गर्न नसक्नु तपाईंको कार्य असफलताको कारण बन्नेछ । मनले खाएको व्यक्तिबाट असहयोग होला । अरूको भर पर्नु गम्भीर भूल हुनेछ । कमजोर आर्थिक समस्याको कारण सबैबाट अपहेलित बन्नुपर्ला । सामाजिक कार्यले सम्मानित स्थान दिलाउन सक्छ । सप्ताहान्तमा प्रतिस्पर्धीहरू पराजित हुनेछन् र मनग्ये धनलाभ पनि हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  सन्तानको मार्गबाट शुभ समाचार सुन्न पाउनुहुनेछ । शैक्षिक क्षेत्रमा लगानी भए उच्च प्रतिफल दिनेवाला रहेको छ । सज्जन व्यक्तिको सहयोगले आचरणवान् बन्न सहयोग पुग्नेछ । लामो दूरीको यात्रा कष्टकर हुने भएकाले वेलैमा ध्यान दिनुहोला । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । नाम, दाम र इनाम प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रेमसम्बन्ध उत्साहित मोडमा पुग्नेछ । तपाईंका सहयोगी बढ्नेछन् । वेलामौकामा देखिने मानसिक विचलनले भने समस्या दिनेछ । आर्थिक सन्तुलनका लागि केही गर्ने वेला आएको छ । स्वास्थ्य प्रतिकूल रहँदा लक्षित कार्य अधुरो रहला । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाजिक सत्कारका कुरामा अपमानित भएको अनुभव हुनेछ । परिवारमा मनमुटाव चिन्ताको कारण बन्नेछ । परीक्षा प्रतियोगिताको परिणाम प्रतिकूल आउने देखिएको छ । एकान्तमा रम्न मन लाग्नेछ । आत्मरतिका लागि खर्च होला । मिहिनेत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । मान–सम्मान पाइनुका साथै विशेष उपहार प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सोचेको काममा भाग्यले साथ दिनेछ । परिवारका लागि आदर्श बनिनेछ । सामाजिक जिम्मेवारी आउने ग्रह योग छ । सरकारी काममा सफलता मिल्नेछ । धार्मिक काममा सहयोग गरिनेछ । सभा, सम्मेलनमा भाग लिने अनुकूल अवसर मिल्न सक्नेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । ढिलै भए पनि चिताएको काम बन्नेछ र बुद्धिको उपयोगले दिगो फाइदा दिलाउन सक्छ ।