१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २७ मंगलबार १२:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १२:oo:oo

सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोल सुनको मोल रु. एक लाख ९० हजार कायम भएको छ। सोमबार सोही परिमाणको पहेँलो धातु रु. एक लाख ९० हजार ६ सयमा खरिद–बिक्री भएको थियो।

चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ। आज एक तोला चाँदी रु. दुई हजार १५० मा कारोबार भइरहेको छ। सोमबार एक तोला चाँदी रु. दुई हजार १६५ मा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।