१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
Invalid date format १२:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज भन्सार कार्यालय राजस्व संकलन : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५४:oo

वीरगन्ज भन्सार कार्यालयले चालू आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु. ६४ अर्ब ५० करोड राजस्व संकलन गरेको छ ।

कार्यालयले चालू आवको १० महिनामा पाँच थरीका पेट्रोलियम पदार्थ आयात गर्नका लागि रु. एक खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ ।

आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६.२६ प्रतिशत रहेको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताए ।

त्यस्तै, दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुर्जा आयातबाट. रु १५ अर्ब २४ करोड रकम प्राप्त गरेको छ । त्यस्तै, आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १०.९३ प्रतिशत रहेको छ ।

त्यस्तै, फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब २५ करोड राजस्व संकलन गरेको छ । मेसिनरी तथा पार्टपुर्जा आयातबाट भने चार अर्ब ५५ करोड राजस्व संकलन गरेको छ । त्यस्तै, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ३७ करोड राजस्व संकलन गरेको छ ।

चालू आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट भने दुई अर्ब ८७ करोड राजस्व संकलन गरेको छ । त्यस्तै, सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट भने दुई अर्ब २३ करोड राजस्व संकलन गरेको छ । शृंगारका सामान आयातबाट भने दुई अर्ब २२ करोड राजस्व संकलन गरेको छ ।