१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

व्यावसायिक किट विकास फर्म भण्डाराले तीन लाखभन्दा बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ । फर्मले आफ्नै १.५ हेक्टर क्षेत्रफलमा ती बेर्ना तयार गरेको हो ।

फर्मकी प्रमुख सुरुचि त्रिपाठीका अनुसार अहिले तीन लाखभन्दा बढी बिरुवा बिक्रीका लागि नर्सरीमा तयारी अवस्थामा रहेका छन् । यसमध्ये २० हजार बिरुवाको खरिदका लागि किसानले आवेदन दिइसकेका छन् ।

गत वर्ष कार्यालयले तीन लाख ५० हजार बिरुवा उत्पादन गरेर दुई लाख ५० हजार बिक्री गरेको थियो । किम्बुको बिरुवा सार्नका लागि अबको समय उत्तम भएकाले किसानले बिरुवाको माग लिएर आउन थालेको उनको भनाइ छ । फर्मले बिरुवाको प्रतिगोटा ५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

बिरुवा बिक्रीका लागि पालिकासँग समन्वय गरिएको छ । उनका अनुसार पहिला मधेश प्रदेशका किसान बिरुवा लिन आउने गरेका थिए । अहिले ती किसान बिरुवा लिन आउन छाडेका छन् ।

फर्मले अहिले नमुना बगैँचामा ३८ जातका किम्बुको बिरुवा संरक्षण गरिरहेको छ । मातृ संरक्षणअन्तर्गत विभिन्न जातका बिरुवा लगाएर संरक्षण गरिरहेको छ ।

यहाँ उत्पादित किम्बुका बिरुवा चितवनसहित मकवानपुर, सिन्धुली, गोरखा, काठमाडौं, नवलपरासी, बागलुङ, तनहुँ, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा बिक्री गरिने गरिएको छ । रासस