
सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका बढैयाताल गाउँपालिका– ८, दैलेखी टोलका २१ वर्षीय घनश्याम केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा बर्दिया जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले ८ जेठ ०८१ मा केसीलाई एक वर्ष कैद सजाय, दुई हजार जरिवानाको फैसला गरेको थियो । केसी एक वर्षदेखि फरार थिए ।
सवारी ज्यान मुद्दामा कसुरदार रहेका केसीलाई घरमा लुकिछिपी रहेको अवस्थामा फैसला भएको एक वर्षपछि प्रहरीले पक्राउ गरेको हो । केसीलाई जिल्ला अदालत बर्दियाका बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताए ।