१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १४:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवतीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

शरीरमा पेट्रोल खन्याएर आगोले जलाएर युवतीको हत्या गरेर फरार भएका अभियुक्तलाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका– १६ मा २१ वर्षीया इशा योगी शेर्पाको हत्या गरी फरार भएका  ५५ वर्षीय एसराज लामालाई ६ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

महिलाको हत्या गरी फरार भएका अभियुक्त लामा घर आएको सूचना पाएपछि २४ जेठमा इलाका प्रहरी कार्यालय रानीको टोलीले घरमै गएर पक्राउ गरेको थियो।

इप्रका रानीका अनुसार पक्राउ परेका फरार अभियुक्त लामाले अघोषित श्रीमती बनाएर राख्दै आएकी झापा अर्जुनधारा नगरपालिका– ११ घर भई विराटनगर– १६ मा बस्दै आएकी इशा योगी शेर्पाको शरीरमा दुई सहयोगीको मद्दतमा ८ वैशाख ०७६ मा पेट्रोल खन्याएर आगो लगाएर हत्या गरेका थिए।

घाइते शेर्पाको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीका अनुसार घटनामा संलग्न दुई अभियुक्तहरू अझै फरार छन्।