
विपक्षी दलहरूको बैठक सकिएको छ। माओवादी उपमहासचिव शक्ति बस्नेत छानबिन समिति गठनको सुनिश्चितता हुनुपर्ने निर्णयसहित कांग्रेस पदाधिकारीसँग छलफलमा जुटेका छन्।
छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक सहभागी छन्। भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामाका विषयमा सत्ता र प्रतिपक्षी दलहरूको आ–आफ्नै अडानका कारण प्रतिनिधिसभा बैठक लगातार अवरोध हुँदै आएको छ।
आज दिउँसो १ बजे बोलाइएको बैठक विपक्षी दलहरूको छलफलका कारण अझै सुरु हुन सकेको छैन।