
विपक्षी दलहरूको बैठक सुरु भएको छ । संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बसिरहेको हो ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
सभामुख घिमिरेले पटक–पटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यद्यपि, बैठक सञ्चालन हुन भने सकेको छैन । यसैबिच शीर्षस्थ नेताहरूबिच पनि संसद्को अवरोध खुलाउनेबारेमा छलफल भइरहेको हो । सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।