१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
Invalid date format २१:५५:oo
Read Time : < 1 मिनेट
विश्व

गर्मीले हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५५:oo

साउदी अरबको पवित्र सहरहरूमा बढ्दो तापक्रमका बिच हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२५ को हज यात्राका क्रममा शुक्रबार (जुन ६) सम्म मृत्यु भएका इरानी हज यात्रीको संख्या १३ पुगेको छ।’
 
हालैका दिनहरूमा साउदी अरबका पवित्र सहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियस र सोभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको छ। इरानका अनुसार यो वर्ष ८६ हजार ७०० इरानी तीर्थ यात्राका लागि साउदी अरब गएका छन्।

गत वर्ष साउदी अरबको हज यात्रामा ५१.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो भने यात्राका क्रममा २२ इरानीसहित एक हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो।

अत्यधिक गर्मीका कारण शरीरको प्राकृतिक चिसोपना र प्रणालीहरू अस्तव्यस्त हुँदा समस्या उत्पन्न हुन्छ, जसले गर्दा चक्कर आउने र टाउको दुख्नेदेखि अंगहरूले काम गर्न छोड्ने र मृत्यु हुने गर्छ ।  शनिबार जारी विज्ञप्तिमा तीर्थयात्रीहरूलाई प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगिन, शरीरमा पानीको मात्रा कम हुन नदिन र गर्मीको जोखिम कम गर्न अन्य सावधानीहरू अपनाउन पनि सल्लाह दिइएको छ।