
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको चोरमाराको गिरुबारी खोलामा भाँचिएको पुल आज साँझबाट सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार आज साँझ ६ बजेबाट यातायात सञ्चालनमा आएको हो।
पुल मर्मतको काम सकिएपछि पुल सञ्चालन गरिएको हो। गत वैशाख २९ गते अधिक भार बोकेको होङ्सी सिमेन्टको ट्रकका कारण पुलमा क्षति भएको थियो।