१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २३ शुक्रबार १o:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको छ : शंकर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १o:५५:oo

भक्तपुरको सूर्यविनायक– ८ स्थित डोलेश्वर भिलेज रिसोर्टमा सत्तारूढ दल नेकपा एमालेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशाला जारी छ। बिहीबारदेखि नेताहरू दुईदिने कार्यशालामा जुटेका छन्। कार्यशालालाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् ।

एमाले स्थापित राष्ट्रवादी शक्ति भएको दाबी गर्दै महासचिव पोखरेलले पार्टीविरुद्ध फैलाइएको भ्रमलाई प्रचार कार्यशालाले निस्तेज पार्न निर्देशन दिए । संगठन, विचार र जनसम्पर्कलाई अझ सुदृढ गर्दै प्रचार विभागमा आबद्ध नेता–कार्यकर्ताले पार्टीविरुद्ध भ्रम फैलाउने व्यक्तिहरूको पहिचान गरी तिनको उद्देश्य प्रस्ट पार्दै जनमत निर्माण गर्नुपर्ने आवश्यकता महासचिव पोखरेलले औँल्याएका छन् ।

प्रचार अभियानमा संलग्न कार्यकर्ताहरूलाई अपडेट रहन र तथ्यमा आधारित सन्देश निर्माण एवं प्रवाह गर्न निर्देशन दिँदै उनले जनताले रोजेको गणतान्त्रिक व्यवस्था र संवैधानिक मूल्यको रक्षा गर्न सबै सचेत कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिएका एक सहभागीले बताए । कार्यक्रममा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले प्रचार कार्यशालाको सान्दर्भिकता र उद्देश्यबारे स्पष्ट पारेका थिए । उनले पार्टी अध्यक्ष नेतृत्वको सरकारले गरेका काम प्रचार गर्नपर्नेमा जोड दिए ।

कार्यशालामा एमालेको बागमती प्रदेशअन्तर्गत सबै जिल्लाका प्रचार विभागका पदाधिकारी एवं प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी रहेका आयोजक प्रचार विभाग बागमती प्रदेशका सचिव प्रेमकुमार दाहालले जानकारी दिए । शुक्रबार सम्पन्न हुने कार्यशालाले प्रचार रणनीति बनाउने उनले बताएका छन्।

छुटाउनुभयो की ?