१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २३ शुक्रबार १o:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वडावासीलाई त्रियुगा नदी वारपार गराउन वडाध्यक्षले किने डुंगा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १o:४४:oo

वडावासीलाई त्रियुगा नदी वारवार गराउन चौदण्डीगढी नगरपालिका– ९ का वडाध्यक्ष प्रकाश राउतले डुंगा खरिद गरेर सञ्चालनमा ल्याएका छन् । राउतले आफ्नो  वडा त्रियुगा नदीको वारिपरिको बिचमा रहेकाले ज्यामिरेघाटमा डुंगा खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । हिउँदमा त्रियुगा नदीमा ह्युमपाइप राखेर क्जवे निर्माण गरी यातायात सञ्चालन गर्दै आएका वडाध्यक्ष राउतले बर्खा लागेसँगै डुंगा खरिद गरेर सञ्चालनमा ल्याएको बताए । उनी भन्छन्, ‘हिउँदमा ह्युमपाइप राखेर क्जवे निर्माण गरी यातायात सञ्चालन गर्दै आएको थिएँ । बर्खा लागेसँगै त्रियुगा नदीमा आएको बाढीले बगाएर लग्यो । त्यही भएकाले अहिले डुंगा सञ्चालनमा ल्याएको छु ।’

राउतले चौदण्डीगढी नगरपालिकासँग सहयोग मागी एक लाख ७५ हजार रुपैयाँमा खरिद गरेर ल्याएको जानकारी दिए । उनले भने, ‘त्रियुगा नदीको सिवाई–बेल्हा जोड्ने त्रियुगा नदीकै पक्की पुल पनि बनेको छैन । मेरो वडा ज्यामिरेघाटमा पक्की पुल निर्माणका लागि पटक–पटक नगरपालिका, प्रदेश र संघीय सरकारसँग पनि माग गरेँ । कसैले सुनुवाइ गरिदिएनन् । अनि बर्खा लागेपछि ढुंगा सञ्चालन गर्दै आएका छु । हिउँद ह्युमपाइम राखेर कज्वे निर्माण गर्छु ।’

डुंगामा नदी तर्न स्थानीयले प्रतिव्यक्ति ५० रुपैयाँ, खसीबाख्राको २० रुपैयाँ र चामलको बोरा पाँच रुपैयाँ प्रतिबोरा पैसा तिर्नुपर्ने नियम पनि बनाएको बताए । उनले भने, ‘जनताकै सेवाका लागि डुंगा सञ्चालनमा ल्याएको हुँ । अब भोलि त्यही डुंगा मर्मत गर्नका लागि पनि अलिअलि सहयोग लिने मौखिक नियम बनाएको छु ।’ उनले त्यस वडामा नेकपा एमालेको तर्फबाट ०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका थिए । त्यसवेला पनि उनले ज्यामिरेघाटमा पक्की पुल नगरपालिका, प्रदेश र संघीय सरकारसँग पनि माग गरेका थिए । तर, नपाएपछि डुंगा सञ्चालन गर्दै आएको गुनासो गरे । 

चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टारबाट त्रियुगा नदीपारि वडा नम्बर ५, ९ र १० वडाका २० हजार नागरिक बसोबास गर्दछन् । उता त्रियुगा नदीमै पर्ने सिवाई–बेल्हा जोड्ने पक्की पुल पनि निर्माणाधीन अवस्थामा बाढीमा बगेर अलपत्र परेको छ ।  हडियाका चन्द्रलाल गिरीले हिउँदमा नदीमा ह्युमपाइप राखेर हडिया–ज्यामिरे आउजाउ भए पनि बर्खामा बन्द हुने गरेको बताए ।

उनले भने, ‘पछिल्लो समय वडाध्यक्षले डुंगा सञ्चालनमा ल्याउनुभएको छ । त्यसकारण अलि सहज भएको छ ।’ वडा नम्बर ५, ९ र १० वडाका २० हजार नागरिक वारिपारि रहेका वडा कार्यालय जान होस् वा पारि हडिया क्षेत्रका नागरिक नगरपालिकाको केन्द्र आउन होस् त्रियुगा नदी तर्नुपर्ने बाध्यता छ । उनै स्थानीय गिरी भन्छन्, ‘बर्खामा डुंगा नहुँदा नदीमा हेलिएर तर्नुपर्ने बाध्यता थियो ।’

छुटाउनुभयो की ?