१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
Invalid date format १६:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महिलालाई आत्मनिर्भर बनाउन एकमहिने हस्तकला सिप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३३:oo

बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन हस्तकला सिप सिकाएको छ । स्थानीय स्रोतसाधनको प्रयोग गरी स्वरोजगार र महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको खाेस्टाबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिम प्रदान गरेको हो ।

तालिम प्रशिक्षक राप्तीसोनारी–४, बैजापुरकी कल्पना थारूले थाकलको पात र मकैको खाेस्टाबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले सिप सिकाइएको बताइन् ।

सिपले गाउँघरमा खेर गएका कच्चापदार्थबाट टोपी र झोला बनाउन सकिने भएपछि राम्रो आम्दानी हुने आशा जागेको स्थानीय उमा थारूको भनाइ छ।  उत्पादन गरिएका सामान बिक्री-वितरण गर्न सकिए पारिश्रमिक राम्रो पाइने हुनेपछि आफूले सिप सिकिरहेको उनले बताइन् ।

गाउँपालिका अध्यक्ष तप्त पौडेलले हाल ६० महिलाले मकैको खोस्टा तथा थाकलको पातबाट विभिन्न हस्तकलाका सामग्री बनाउने सिप सिकिरहेको बताए। सिप सिकेपछि महिलाले बनाउने सामग्री ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौंले बजारीकरण गर्ने गरी सम्झौता भएको उनले जानकारी दिए । पालिकाका नौवटै वडामा तयार भएका सामग्री संकलन गरेर बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिका उपाध्यक्ष मनीषासिंह थारूले लक्षित वर्गलाई प्राथमिकतामा राखेर सिपमूलक तालिम सञ्चालन गरिएको बताइन्। अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित गाउँपालिकाले मकैको खाेस्टा र थाकलबाट बनाइने झोला र टोपी उत्पादनका लागि जनशक्ति उत्पादन गरिरहेको छ, उनले भनिन्, यसले एकातिर आयआर्जनमा टेवा पुर्‍याउनेछ भने अर्कोतर्फ हाम्रा उत्पादनहरू विदेश निर्यात हुँदा गाउँपालिकाको पहिचान हुने विश्वास गरेका छौँ ।

तालिममा लक्षित वर्गअन्तर्गत कुमाल, बादी, खुना, मुक्तकमैया, मुक्त कम्लरी, द्वन्द्वपीडित, एकल महिलालगायतलाई प्राथमिकतामा राखेर तालिम दिने काम भइरहेको उपाध्यक्ष थारूले जानकारी दिइन् ।

गाउँपालिकाका नौवटै वडालाई लक्षित गरेर चार ठाउँमा तालिम भइरहेको छ । वडा नं १ को कुसुम, वडा नं २, ८ र ९ का लागि वडा नं ८ को वडा कार्यालयमा, वडा नं ३, ४ र ५ लाई लक्षित गरेर वडा नंं ४ को कार्यालयमा र वडा नं ६ र ७ लाई लक्षित गरेर अपांगता पुनर्स्थापना केन्द्र फत्तेपुरमा तालिम सञ्चालन भइरहेको छ ।