१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १३ मंगलबार
  • Wednesday, 28 May, 2025
२o८२ जेठ १३ मंगलबार २१:o४:oo
Read Time : < 1 मिनेट
प्रदेश

लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १३ मंगलबार २१:o४:oo

लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक, ०८२ का सिद्धान्त र प्राथमिकता माथि छलफल सुरु भएको छ। आइतबारको बैठकमा आर्थिक वर्ष ०८२-८३ को ‘प्रदेश विनियोजन विधेयक, ०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)’ पेस भएकोमा मंगलबारबाट छलफल सुरु भएको हो।

छलफलमा प्रदेश सभा सदस्यहरूले करका दायरा बढाउनुपर्ने तथा प्रदेशलाई समृद्ध बनाउने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए। विपक्षी दलका सांसदहरूले प्रदेशको समृद्धिका लागि विभिन्न विषयमा सुधारका लागि सुझाव दिएका थिए।

यस्तै, प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रमले समेटेका कृषि आधुनिकीकरण र उत्पादनको बजारीकरणलाई प्रभावकारी बनाउन पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, खानेपानी, सरसफाइ र आधारभूत स्वास्थ्य सेवा व्यवस्थापन, योजना बैंकको आधारमा बजेटको वितरण, तथा समावेशी र दिगो विकासमा बजेट केन्द्रित गरिनुपर्ने सुझाव सांसदहरूले राखेका छन्।

सांसदहरूले बजेट निर्माणमा महिलाको सहभागिता न्यून भएको, विद्यालय छाड्ने विद्यार्थी दर उच्च भएकाले त्यसको रोकथामका लागि प्रभावकारी योजना आवश्यक भएको तथा विनियोजित बजेटअनुसार राजस्व संकलनको लक्ष्य पूरा गर्न प्रदेश सरकारले विशेष रणनीति बनाउनुपर्नेजस्ता विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदेशका सभामुख तुलाराम घर्तीमगरले  सिद्धान्त र प्राथमिकतामाथिको छलफलका लागि मंगलबार र बुधबारका दिन तोकेका थिए। सोहीअनुरूप बुधबार पनि छलफल हुनेछ।  
मंगलबारको बैठकमा भोजप्रसाद श्रेष्ठ, धनबहादुर मास्की, वीरबहादुर राना,  निमा गिरी, सायरा बानो, जानकीप्रसाद यादव, चन्द्रकेश गुप्ता, भगवती अधिकारी, सन्जुकुमारी चौधरीलगायतले करको दायरा बढाउनुपर्नेदेखि सुधारका लागि विभिन्न सुझाव दिएका थिए।