१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
२o८२ जेठ १० शनिबार १३:२१:oo
Read Time : < 1 मिनेट
समाचार

हामी सत्ताको गणितीय खेलमा छैनौं : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार १३:२१:oo

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आफूहरू सत्ताको खेलमा नलागेको र २०८४ कै चुनाव पर्खेर बसेको बताएका छन् ।

पाल्पामा शुक्रबार मगर राष्ट्रिय मुक्ति मोर्चा रम्भा र पूर्वखोला गाउँपालिका पाल्पाको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले माओवादी सरकारको अंकगणितमा नलाग्ने जिकिर गरेका हुन् ।

‘हामी सत्ताको गणितीय खेलमा छैनौं, ०८४ पर्खेर बस्छौँ’, पुनले भने, ‘सरकारमा हुँदा गरेका कामबारे जनतालाई बुझाउँछौं । गर्न नसकेका र गल्ती भएका कुरामा क्षमा माग्छौं । गल्ती सुधार गरेर जनतातिर फर्कन चाहन्छौं ।’ उनले प्रधानमन्त्री, मन्त्री, सांसद, राजदूत, सचिव र सहसचिव भइसकेका र उत्पीडित समुदाय र जातजातिभित्रका धनी मानिसले समावेशी कोटाबाट अवसर लिने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्नुपर्ने बताएका छन् ।