१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही कारागारपरिसरमा रास्वपा कार्यकर्ताको भिड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

भैरहवास्थित जिल्ला कारागार रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भेला हुन थालेका छन्। काठमाडौंस्थित सर्वोच्च अदालतमा रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएसँगै रुपन्देही कारागारमा रास्वपा कार्यकर्ता भेला हुन थालेका हुन्।

सहकारी ठगी मुद्दामा लामिछाने भैरहवा कारागारमा छन्। बन्दी प्रत्यक्षीकरणसँगै थुनामा पठाउने उच्च अदालत, तुलसीपुर (बुटवल इजलास)को आदेशविरुद्ध परेको निवेदनउपर पनि सँगै सुनुवाइ भएको छ । जसमा लामिछानेलाई थुनामा राख्ने वा छाड्ने विषय सर्वाेच्चबाट आज टुंगो लाग्ने भएको छ ।

सुनुवाइ सकिएसँगै सर्वोच्चले आजै आदेश जारी गर्ने तयारी भइरहँदा रुपन्देही कारागारमा रास्वपा कार्यकर्ताको भिड लागेको हो।

तस्बिरहरू : दीपेश पछाई