
काठमाडौंबाट पोखरा जाँदै गरेको पर्यटक बसको ठक्करबाट धादिङको महादेवबेँसीमा हाइलक्स गाडी नदी किनारमा खसेको छ ।
शुक्रबार बिहान बागमती प्रदेश ०१००१ प १७०५ नम्बरको बसको ठक्करबाट बा.१८ च ८३८० को गाडी नदीमा खसेको हो । विपरीत दिशाबाट आएको गाडीलाई बसले ठक्कर दिई दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।
महादेवबेँसीमा कार्यरत प्रहरी हवल्दार प्रदीप डिसीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। पर्यटक बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।