Skip This
५१ केजी लागुऔषध गाँजासहित चालक र एक महिला पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
Invalid date format १५:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

५१ केजी लागुऔषध गाँजासहित चालक र एक महिला पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२६:oo

धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ भेडेटारबाट इभी गाडीमा लैजाँदै गरेको ५१ केजी लागुऔषध गाँजासहित गाडीका चालक र एकजना महिलालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ४४७० नम्बरको यात्रुवाहक इभी गाडी भेडेटार चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा गाडीको छतमा जेब्रा झोला र दुईवटा बोरामा लागुऔषध गाँजा ५१ केजी फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए ।

उक्त गाडीमा सवार सहिदभूमि गाउँपालिका– ७ की २६ वर्षीया लक्ष्मी राईको गाँजा रहेको खुल्न आएपछि उनलाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ ।

इभी गाडीको छतमा राखेर लागुऔषध गाँजा लैजाँदै गरेको प्रहरीले फेला पारेपछि आवश्यक अनुसन्धानका लागि गाडी र गाडीका चालक तेह्रथुम म्याङलुङ नगरपालिका– ७ का ३७ वर्षीय प्रकाश गुरुङलाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ । त्यस्तै, चेकजाँचको क्रममा भेडेटारबाट नै बुधबार साँझ १० केजी गाँजासहित एकजनालाई प्रहरी पक्राउ गरेको छ ।

भोजपुरबाट धरानतर्फ जाँदै गरेको को.१ज ३१६२ नम्बरको यात्रुवाहक बाेलेरो गाडी प्रहरीले चेकजाँच गर्ने क्रममा सहिदभूमि गाउँपालिका– ६ का ३५ वर्षीय राजेश राईलाई १० केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी खनालले बताए । राईलाई गाँजा र गाडी नियन्त्रणमा लिई प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट सोही बाेलेरोमा सवार यात्री भोजपुर पौवादुम्बा गाउँपालिकाका टेकेन्द्र राई पनि संलग्न भएको देखिएको छ । उनी भने फरार रहेको प्रहरीले बताएको छ ।