Skip This
हनिट्रयापमा फसाएर चार आना जग्गा माग्ने दुई युवती पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ८ बिहीबार १८:३८:oo
Read Time : < 1 मिनेट
समाचार

हनिट्रयापमा फसाएर चार आना जग्गा माग्ने दुई युवती पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १८:३८:oo

हनिट्रयापमा फसाएर जग्गा र पैसा माग्दे दुई युवती पक्राउ परेका छन्। कैलालीको गोदावरी–१० दमौरा घर भएकी ममता तामाङ र भक्तपुर–१७ सल्लाघारीकी आँचल श्रेष्ठ भन्ने आँचल चौगुठीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। 

फेसबुकलगायत सामाजिक सञ्जालमार्फत धनाढ्य व्यक्तिहरूसँग चिनजान गर्ने र होटेलमा बोलाएर मदिरा पिलाएर नग्न बनाई फोटो र भिडियो खिच्दै आएका थिए। सो भिडियो सार्वजनिक गरिदिने तथा बलात्कारको मुद्दा हालिदिने भन्दै पैसा बार्गेनिङ गर्दै आएका थिए। कसैसँग जग्गा तथा कसैसँग उनीहरूले पैसा मागेको प्रहरीले जनाएको छ। एक पीडितसँग चार आना जग्गा मागेका थिए भने एकजनासँग पाँच लाखको चेक लिएको खुलेको छ। चेकसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध आपराधिक लाभको मुद्दामा कारबाही अघि बढाएको एसपी काजीकुमार आचार्यले बताए। उनीहरूले केही सरकारी कर्मचारीलाई समेत फसाएको स्रोत बताउँछ। 

दुवैजना काठमाडौंको हाँडीगाँउ क्षेत्रमा बस्दै आएका थिए। सामाजिक सञ्जालमार्फत चिनजान बढाएपछि ठमेलका होटेलमा भेट्न बोलाएर फसाउने गरेको प्रहरीले जनाएको छ।