Skip This
पर्सामा भारी मात्रामा लागुऔषध बरामद 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका तिवारी यादव
२o८२ जेठ ६ मंगलबार १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सामा भारी मात्रामा लागुऔषध बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, तिवारी यादव
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १३:५८:oo

सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको छपकैयास्थित भकुवा नाकाबाट भारी मात्रामा लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमान्डमा खटिएको टोलीले  मंगलबार बिहान भारी मात्रामा लागुऔषध बरामद गरेको हाे । 
 
भारतबाट अवैध रूपमा दुईजना व्यक्तिहरूले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ट्रमाडोल ५० एमजीको  ८१ हजार ४९० ट्याब्लेट प्रहरी देख्नासाथ छाडेर भागेको हो । 

नाकामा लागुऔषध छाडेर फरार भएपछि उक्त लागुऔषध बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।