Skip This
पिएम कप एनभिए भलिबल लिगको तयारी अन्तिम चरणमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
२o८२ जेठ ६ मंगलबार २१:११:oo
Read Time : > 1 मिनेट
खेलकुद

पिएम कप एनभिए भलिबल लिगको तयारी अन्तिम चरणमा

पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीबिच प्रतिस्पर्धा हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार २१:११:oo

प्रधानमन्त्री (पिएम) कप एनभिए पुरुष तथा महिला भलिबल लिग ०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल भलिबल संघको आयोजनामा हुने लिगको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

काठमाडाै‌ंबाहिर पहिलोपटक हुन लागेको लिग ८ देखि १५ जेठसम्म पोखरा रंगशालाको बहुउदेश्यीय कभर्ड हलमा सञ्चालन गरिने भएको छ । संघको गत २४ वैशाखमा बसेको कार्यसम्पादन समितिको बैठकले यस वर्षको लिग पोखरामा गर्ने निर्णय गरेको थियो। काठमाडाैंको त्रिपुरेश्वरस्थित कभर्डहल स्तरोन्नतिको लागि मर्मतसम्भारको काम भैरहेकाले लिग पोखरामा गर्ने निर्णय बैठकले गरेको थियो। 

लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा आयोजक संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द्रले जानकारी दिए। प्रतियोगितामा सहभागी हरेक टिमले तीनजना विदेशी खेलाडी टोलीमा राख्न पाउनेछन्। विदेशी खेलाडीको आबद्धताले खेलाडीको खेलस्तरमा सुधार ल्याउन सहयोग गर्ने संघको भनाइ छ। 

अध्यक्ष चन्द्रका अनुसार प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब, नेपाली सेनको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल संघ, सुदूरपश्चिम प्रदेश र बुटवलको मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी, महिलातर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, बुटवलको एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। 

अध्यक्ष चन्द्रका अनुसार यस वर्ष संघ मोफसलका प्रतियोगिताहरूमा व्यस्त रहेको सँगै १०औँ राष्ट्रिय खेलकुदको पटक–पटक तयारी, प्रायोजकको उपलब्धतालगायत विविध कारणले गर्दा नवौँ आरबिबी–एनभिए भलिबल च्याम्पियनसिपको छनोट प्रतियोगिता गर्न नसकेकोले गत वर्षको लिगमा सहभागी भएका टिमबिचमा यो लिग खेलाई प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगलाई निरन्तरता दिएको जानकारी दिए। 

महिला पुरुष दुवै विद्याका विजेताले आठ, उपविजेताले चार र तेस्रोले दुई लाख नगद पुरस्कार पाउनेछन् । सर्वाेत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २५-२५ हजार नगद पुरस्कार पाउनेछन्।

साथै, विजेता टोलीले आउँदो जुलाईमा माल्दिभ्समा हुने काभा च्याम्पियनसिप लिगमा सहभागी हुन पाउनेछन्।