१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ५ सोमबार १o:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्काइवेलको एक्सचेन्ज अफरमा छुट, बोनस र युरोप टुरको मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १o:३६:oo

स्काइवेलका इभीको आधिकारिक वितरक जी मोटर्स प्रालिले आगामी आवको बजेटले इभीमा मूल्यवृद्धि हुनुअघि नै अपग्रेड हुने मौकाका रूपमा एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले ‘स्काइवेल एक्सचेन्ज अफर—अपग्रेड टु स्काइवेल–ड्राइभ लक्जरी इभी यसयुभी’ योजना सार्वजनिक गरेको हो ।  

अफरले ग्राहकलाई लक्जरी, प्रिमियम इभी र रियल यसयुभिमा अपग्रेड हुने मौका दिनेछ । यो अफरको लाभा कम्पनीको नक्साल–काठमाडौं, राधेराधे–भक्तपुर, इटहरी–सुनसरी, विराटनगर, पोखरा र चितवनका सबै सोरुमबाट लिन सकिनेछ । सोही अवसरमा हरेक स्काइवेल खरिदमा एक जोडीले युरोप टुर गर्ने मौका पाउनेछन् भने स्पेसल छुट र एक्सचेन्ज अफरमा विशेष बोनससमेत प्राप्त हुने कम्पनीको भनाइ छ । लोन सुविधाका लागि २० प्रतिशत डाउनपेमेन्टमा फाइनान्सको पनि सुविधा रहेको प्रवन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । अफर ५ जेठसम्म लागू हुनेछ । 

कम्पनीका अनुसार हाल नेपालमा एक सय ४० वटाभन्दा बढी स्काइवेलका इटी ५–६२० किमि प्रिमियम इभी बिक्री भइसकेका छन् । त्यस्तै, आइतबारबाट सुरु भएको अफरमा सातवटा बुकिङ पनि भइसकेको कम्पनीले जनाएको छ । अफरमा इटी ५, बिई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्ज दिने प्रिमियम यसयुभी बिक्रीका लागि उपलब्ध छन् । ग्राहकले युरोपियन बजारमा अत्यधिक रुचाइएको स्काइवेलका प्रीमियम सवारीमार्फत नेपालका सबै भूभागमा सहजै यात्रा गर्न सक्नेछन् ।