१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
Invalid date format १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सहमतिको सरकार आवश्यक देखियो : कांग्रेस सांसद गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमतिको सरकार निर्माणको आवश्यकता बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् । 

निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सके मात्रै अहिले देखिएका यावत् समस्या समाधान गर्न सकिने गौतमले बताए । ‘सरकार सरकारजस्तो भएर चलेको छैन । संसद् संसद्जस्तो भाइब्रेन्ट छैन । न्यायपालिकाबाट जनताले निष्पक्ष न्याय पाउन नसकिएको गुनासो गरिरहेका छन्,’ सांसद गौतमले भने, ‘तसर्थ अहिलेका समस्यालाई समाधान गर्न र मुलुकलाई अग्रगतिमा लैजान राष्ट्रिय सहमतिको आवश्यकता छ ।’

संघ र प्रदेशमा गरेर आठ सरकार र आठ संसद् भए पनि तीसँग जनता आशावादी नभएकाले उनीहरूलाई आशावादी बनाउने कार्यक्रम ल्याउने सहमतिको आवश्यकता रहेको गौतमको भनाइ छ ।