१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ४ आइतबार २o:५६:oo
Read Time : < 1 मिनेट
समाचार

अनेमसंघ समाजवादीको अध्यक्षमा मुनु सिग्देल  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार २o:५६:oo

अनेम संघ समाजवादीको अध्यक्षमा मुनु सिग्देलमा चयन भएकी छिन्। राजधानीमा भएको सातौँ राष्ट्रिय सम्मेलनबाट सिग्देल सर्वसम्मत निर्वाचित भएकी हुन्। महासचिवमा राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छिन्। 

एमाले विभाजित भएर एकीकृत समाजवादी बनेयता अनेम संघ समाजवादीको अध्यक्ष जयन्ती राई थिइन्। पार्टी विभाजनपछि पहिलोपटक सम्मेलन भए पनि अनेमसंघ समाजवादीले लिगेसी आफूहरूले बोकेकाले सातौँ राष्ट्रिय सम्मेलन गरेको राईले बताइन्।

नवनिर्वाचित अध्यक्ष सिग्देलले अनेम संघ समाजवादीलाई विचारशील महिलाहरूको संगठन बनाउने प्रतिबद्धता जनाइन्। महिला अधिकारको क्षेत्रमा संगठनलाई सशक्त रूपमा अगाडि बढाउने उनले दाबी गरिन्। ‘महिलाको हक-अधिकारका लागि संगठनलाई सशक्त रूपमा अगाडि बढाउनेछु। राजनीतिक र सामाजिक आन्दोलनमा हामी दृढ संकल्पित भएर अगाडि बढ्छौँ उनले भनिन्।