१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ जेठ ४ आइतबार १o:५o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सिजन २०२५ : धेरै कमाउने खेलाडीमा फेरि रोनाल्डो 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १o:५o:oo

पोर्चुगलका कप्तान तथा अल नासरका खेलाडी क्रिस्टियानो रोनाल्डो लगातार तेस्रो वर्ष सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले शुक्रबार सार्वजनिक गरेको धेरै कमाउने खेलाडीको सूचनामा रोनाल्डो अगाडि रहे । फोर्ब्सको शीर्ष १० सूचीमा फुटबलका रोनाल्डोसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसी र फ्रान्सका अनुभवी खेलाडी करिम बेन्जेमा पनि छन् । रोनाल्डोले यो वर्ष आफ्नो आम्दानी १५ मिलियन बढाएर २७५ मिलियन अमेरिकी डलर पुर्‍याएका छन् । यसपटक बास्केटबल स्टार स्टेफन करी दोस्रो स्थानमा उक्लिएका छन् । बेलायती बक्सर टाइसन फ्युरी तेस्रो र मेसी पाँचौँ स्थानमा झरेका छन् ।

१. क्रिस्टियानो रोनाल्डो (फुटबल) : कमाइ - २७५ मिलियन अमेरिकी डलर
४० वर्षको उमेर पनि रोनाल्डो मैदानभित्र र बाहिर सक्रिय छन् । रोनाल्डो पछिल्लो दुई वर्षदेखि साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध छन् । उनको मुख्य कमाइको स्रोत नासरबाट प्राप्त गर्ने पारिश्रमिक र सम्झौता रकम हो । उनले सोसल मिडियाबाट राम्रै आम्दानी गरेका छन् । यसैकारण उनी लगातार तेस्रोपटक पनि सर्वाधिक कमाउने खेलाडी बनेका छन् । सन् २०२३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि रोनाल्डो अल नासरमा आबद्ध भएका थिए । उनले यस वर्ष मैदानभित्र २२५ मिलियन डलर तथा मैदानबाहिर ५० मिलियन अमेरिकी डलर कमाइ गरेका छन् । उनी ९०० खेल खेल्ने पहिलो खेलाडी बन्दै छन् ।

२. स्टेफन करी (बास्केटबल) :  कमाइ - १५६ मिलियन, अमेरिकी डलर
अमेरिकाका ३७ वर्षीय बास्केटबल खेलाडी स्टेफन करी विश्व खेलकुदमै धेरै कमाइ गर्ने दोस्रो खेलाडी हुन् । उनले सन् २०२५ मा १५६ मिलियन अमेरिकी डलर आर्जन गरेका छन् । बास्केटबल कोटमा उनको आम्दानी ५६ मिलियन अमेरिकी डलर रह्यो । कोटबाहिर भने उनले विभिन्न प्रायोजकसँगको सम्झौताले एक सय अमेरिकी डलर कमाए । उनले सन् २०२३ पछि मात्रै विश्व खेलकुदमा आफूलाई स्थापित गर्दै धन आर्जन गरेका हुन् । एनभिएमा चार सय अंक बनाउने उनी पहिलो खेलाडी बनेका छन् । उनले विभिन्न संघ संस्थासम्म मिलेर स्पोर्टस्का विभिन्न व्यवसाय पनि गर्दै आएका छन् । करी नाममा विभिन्न ब्रान्ड छन् । समग्र अमेरिकी खेलाडी भने उनी धेरै कमाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहे ।

३. टाइसन फ्युरी (बक्सिङ) : कमाइ - १४६ अमेरिकन मिलियन डलर
बेलायतका ३६ वर्षीय बक्सर टाइसन फ्युरी विश्व खेलकुदमा सर्वाधिक कमाउने तेस्रो खेलाडी हुन् । उनले फुटबलका मेसीलाई पछि पारेका छन् । उनले यो वर्ष मात्रै १४६ मिलियन अमेरिकी डलर कमाएका छन् । बक्सिङ रिङबाहिर उनको कमाइ १४० मिलियन अमेरिकी डलर छ । रिङबाहिर भने उनले ६ मिलियन डलर कमाइ गरेको फोर्ब्सले जनाएको छ । गत वर्ष उनले लगातार ३५ व्यवसायिक खेल जितेका थिए । उनी मेमा हेभीवेट च्याम्पियनमा पराजित भए । यसअघि उनले कुनै पनि खेल गुमाएनन् । पछिल्लो समय उनले माल्टामा पर्यटन प्रवद्र्धन गरिरहेका छन् । उनले नेटफ्लिक्समा नयाँ सो ल्याउँदै छन् । 

४. ड्याक प्रेस्कट (अमेरिकन फुटबल) :  कमाइ - १३७ अमेरिकन मिलियन डलर 
अमेरिकी फुटबल खेलाडी सबैभन्दा धेरै कमाउने खेलाडीको चौथो स्थानमा छन् । ३१ वर्षीय खेलाडी प्रेस्कटले यो वर्ष १३६ मिलियन अमेरिकी डलर  कमाइ गरेका छन् । त्यसमध्ये मैदानभित्रको कमाइ १२७ मिलियन रहेको छ । मैदानबाहिर उनको आम्दानी १० मिलियन  कमाइ रह्यो । पछिल्लो चार वर्षमा प्रेस्कटले नेसनल फुटबल लिगमा २३१ मिलियन कमाएका छन् । साथसाथै उनले बोनस पनि प्राप्त गरे । यो खेल विशेषतः दक्षिण र उत्तर अमेरिकामा चर्चित छ । यसले उनलाई फुटबल लिगमा धेरै कमाउने पहिलो खेलाडीसमेत बनायो । उनी विश्व चर्चित कम्पनी नाइक, जोर्डन ब्रान्ड, डिकसँग अनुबन्ध छन् ।

५. लियोनल मेसी (फुटबल) : कमाइ - १३५ मिलियन अमेरिकी डलर
अमेरिकामा मेसीको आगमनसँगै त्यहाँ फुटबलको क्रेज ह्वातै बढ्यो । मेजर लिग सकर लिगमा आबद्ध भएपछि अमेरिकाको अर्थतन्त्र नै निकै बलियो भएको मानिएको छ । अर्जेन्टिनालाई एकपटक फिफा विश्वकप र दुईपटक कोपा अमेरिका उपाधि जिताएका ३७ वर्षीय मेसीले मैदानभित्र ६० तथा मैदानबाहिर ७५ सहित कुल १३५ मिलियन अमेरिकी डलर कमाएका छन् । दुई वर्षअघि उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर अमेरिकाको इन्टर मियामी अनुबन्ध भएका थिए । त्यसअघि उनले बार्सिलोनामा दुई दशकभन्दा बढी बिताएका थिए । मेसी एडिडाससँग अनुबन्ध रहँदा आफैँले विभिन्न रेस्टुरेन्ट र स्पोर्टस् ड्रिंक उत्पादन गर्दै आएका छन् । 

६. लेब्रोन जेम्स (बास्केटबल) : कमाइ - १३३.८ मिलियन अमेरिकी डलर
सर्वाधिक कमाइ गर्ने खेलाडीमा अमेरिकाका बास्केटबल खेलाडी जेम्स पनि हुन् । फोर्ब्सको सूचीमा उनी छैटौँ स्थानमा छन् । ४० वर्षीय जेम्सले बास्केटबल कोटबाहिर ४८.८ तथा कोटभित्र ८५ सहित कुल एक सय ३३ मिलियन अमेरिकी डलर कमाइ गरेका छन् । उनी लगातार २२ सिजन एनभिए लिगमा लस एन्जलसको लागि खेले । उनले सन्न्यास लिइसकेका छन् । जेम्स विश्व खेलकुदमा सर्वाधिक  कमाइ गर्ने दोस्रो अमेरिकी बास्केटबल खेलाडी हुन् । यसअघि अमेरिकाका ३७ वर्षीय बास्केटबल खेलाडी स्टेफन करीले १५६ मिलियन अमेरिकी डलर कमाएका थिए । 

– एजेन्सीको सहयोगमा