Skip This
बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’का भाग्यशाली विजेता घोषणा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३० मंगलबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’का भाग्यशाली विजेता घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १७:o६:oo

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’का भाग्यशाली विजेता घोषणा गरेको छ।

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट सहभागीहरूमध्येबाट लक्की ड्रमार्फत यस एन्ड ब्रदर्स अटो प्रालि विराटनगरका मोसिम आलमले एक लाख नगद पुरस्कार जितेका हुन्।

यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको कम्पनीले जनाएको छ। जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टसमेत जित्ने अवसर पाएका थिए।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो। जसअन्तर्गत सहभागीहरूले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सफल भएका छन्। ग्राहकहरूले उक्त उपहारहरू प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए।

सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रियामार्फत विजेताको छनोट गरिएको कम्पनीले जनाएको छ। विजेता आलमले १५० सिसी पल्सर मोटरसाइकल खरिद गरेका थिए।

‘खुसीको मिटर’ क्याम्पेन केवल एक प्रचारको लागि मात्र नभई यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास रहेको कम्पनीमा मार्केटिङ हेड अमितराज चालिसेले बताए।