Skip This
कीर्तिपुरलाई हराउँदै काठमाडौं गोदावरी मेयर कपको फाइनलमा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
२o८२ बैशाख ३० मंगलबार २o:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद

कीर्तिपुरलाई हराउँदै काठमाडौं गोदावरी मेयर कपको फाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार २o:o५:oo

गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा काठमाडौं महानगरपालिका पुगेको छ। 

गोदावरी–१०, टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कीर्तिपुर नगरपालिकालाई ३–० ले हराउँदै  काठमाडौंले दोस्रोपटक उपाधि जित्ने अवसर बनाएको छ। पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधि जितेको थियो। 

आगामी २ जेठमा हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंका लागि खेलका म्यान अफ द म्याच मनीष सेढाईले २ गोल तथा राज पौडेलले १ गोल गरे। पहिलो हाफको अन्तिमतिर ३ मिनेट सम्हालिन नसक्दा कीर्तिपुरले लगातार २ गोल खायो।

काठमाडौंका लागि खेलको ४५ औँ मिनेटमा  सेढाईले सुरुवाती गोल गरे भने लगत्तै इन्जुरी समयमा  पौडेलले  थप गोल गर्दै अग्रता दोब्बर पारे । काठमाडौंका लागि अर्को एक गोल सेढाईले ७९औँ मिनेटमा  गरे।

काठमाडौं समूह बीको विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर समूह डीको विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । 

आयोजक गोदावरी र दक्षिणकाली भिड्ने 
गोदावरी मेयर कप फुटबलको अर्को सेमिफाइनलमा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग बुधबार प्रतिस्पर्धा गर्दै छ । समूह ए मा महालक्ष्मी नगरपालिकालाई ६–१ ले तथा बागमती गाउँपालिकालाई ७–० ले हराएको गोदावरीले समूह चरणमा ललितपुर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो।

समूह सीमा रहेको दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले तथा चन्द्रागिरी नगरपालिकालाई २–१ ले हराउँदै सेमिफाइनलमा पुगेको हो। 

गोदावरी मेयर कपमा काठमाडौ‌ं उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौं जिल्लाबाट ६, ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिकाको सहभागिता रहेको छ।