Skip This
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नहोस् : कमल थापा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नहोस् : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३३:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्। आज मंगलबार पार्टी केन्द्रीय  कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकारअनुसार आफूहरूले फरक विचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेकोसमेत स्पष्ट पारे।

ब्रह्मलुट र मनपरीतन्त्रलाई निरन्तरता दिनका लागि आफूहरूको आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए। ‘आन्दोलन शान्तिपूर्ण हुन्छ। हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्म परिवर्तनको विरुद्धमा छौँ। हामी देशको समृद्धि र प्रगति चाहन्छौँ, राष्ट्रियता बलियो बनाउन चाहन्छौँ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदै छ, त्यो चिर्दै अघि बढ्छौँ,’ थापाले भने।

सरकार आफूहरूको माग र आन्दोलनप्रति गम्भीर बनोस् भन्ने आफूहरूको चाहना रहेको भन्दै थापाले दमन गर्न अग्रसर भए असजिलो परिस्थिति निर्माण हुने चेतावनी दिए।

उनले जेठ १५ गतेको तयारीमा जुट्न र बढीभन्दा बढी जनसहभागिता गराउन उपत्यकाभरि जनजागरण अभियानमा क्रियाशील हुन कार्यकर्ता पंक्तिलाई निर्देशनसमेत दिए।