Skip This
संसद् खालीजस्तै भएपछि राप्रपा सांसदले भने– सरकार जवाफदेही नभएपछि संसदको महत्त्व घट्यो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३० मंगलबार १४:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् खालीजस्तै भएपछि राप्रपा सांसदले भने– सरकार जवाफदेही नभएपछि संसदको महत्त्व घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १४:३८:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफूहरूले बोलेका कुरा लागू नभएपछि संसद्को महत्त्व घटेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ को प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा सांसदहरूको संख्या न्यून भएपछि शाहीले यस्तो बताएका हुन्।

सरकार संसद्प्रति जवाफदेही नभएको उल्लेख गर्दै उनले भने, ‘संसद करिब करिब शून्यजस्तै देखिन्छ। नहोस् पनि कसरी, यता बोलेको कुरा लागू नै नभएपछि यसको महत्त्व घट्दै गएको छ। सरकार संसद्प्रति जवाफदेही हुनुपर्नेमा जवाफदेही नभएपछि यसको महत्त्व घट्दै जानु स्वाभाविक हो।’