जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको १५ सय मिटर दौडमा पुरुषतर्फ आर्मीका मुकेश पाल र महिलातर्फ एपिएफकी फूलमती रानालेले स्वर्ण पदक हात पारेका छन्।
मुकेशले निर्धारित दुरी तीन मिनेट ५२.२१ सेकेन्डमा पार गर्दै स्वर्ण पदक हात पारेका हुन्। यसैगरी, दोस्रो भएका जितले तीन मिनेट ५३.११ सेकेन्डमा र तेस्रो भएका पुलिसका नागेश्वर यादवले तीन मिनेट ५६.४ सेकेन्डमा दुरी पार गरेका थिए।
यसैगरी, महिलातर्फ स्वर्ण हात पारेकी फूलमतीले चार मिनेट ३८.१९ सेकेन्डमा दुरी पूरा गरेकी थिइन्। आर्मीकी सरस्वती भट्टराईले चार मिनेट ४१ सेकेन्डमा र तेस्रो भएकी आर्मीकै रेखा लिम्बूले पाँच मिनेट ३ सेकेन्डमा दुरी पूरा गरेकी थिइन्।