१० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत जारी एथलेटिक्स महिलातर्फ १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।

निर्धारित दुरी ३६ मिनेट १९.३६ सेकेन्डमा पूरा गर्दै सन्तोषीले स्वर्ण हात पार्दा विभागीय टोली पुलिसकी राजपुरा पछाईले ३६ मिनेट २२.४५ सेकेन्डमा दुरी पार गरेकी थिइन्। सन्तोषीले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा समेत स्वर्ण पदक जितेकी थिइन्।

खेलमा ३७ मिनेट ४.०९ सेकेन्डमा दुरी पार गर्दै एपिएफकी पुष्पा भण्डारीले कास्य पदक जितिन्।

सुझावित समाचार